Skip to content
LAXMI SUNRISE BANK

गुणस्तरिय शिक्षाका लागि नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज सञ्चालन, कस्ता छन् सुविधा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज सञ्चालनमा आएको छ । (आज) शनिवार गुरु पूर्णिमाको अवसर पारि तत्कालीन नेपाल वेस्टर्न एकेडेमीले परिचित नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजलाई नयाँ व्यवस्थापनले लिए सँगै नयाँ स्थान र नयाँ जोसका साथ सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा विभिन्न विषय विज्ञबाट ट्युसन, ब्रिज कोर्स तथा लोकसेवा आयोग तयारी कक्षा लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको तत्कालीन स्टार प्रा.ली भएको भवनबाट सञ्चालन हुने उक्त कलेजमा २१ औँ सताब्दिको अत्याधुनिक प्रविधि, एसी युक्त तथा साउन्ड प्रुफ कक्षा कोठा, सुदूरपश्चिम प्रदेशमै नयाँ अभ्यास ६० सिट सङ्ख्या भएको खुल्ला पुस्तकालय लगायतका विभिन्न आधुनिक शैक्षिक सामग्रीहरूको उचित व्यवस्थापनका तथा प्रयोग गरी विद्यार्थीहरू लाई पठनपाठन गर्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीहरू १२ घण्टा कलेजमा बिताउने भएको हुनाले विद्यार्थी र अभिभावकलाई सन्तुष्ट पार्ने गरी आफूहरूले नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याएको बताउँदै नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष शैलेश सिंहले नितान्त आफ्नो कलेज व्यवसाय मुखी भन्दा पनि सेवा मुखी भएको बताए ।

उनले भने,‘हामीले नितान्त नाफा मुखी भन्दा पनि सेवामुखी भएर कलेज सञ्चालनमा ल्याएका हौँ । यदि नाफा मुखी हुन्थ्यो भने अन्य कयौँ नाफामूलक व्यवसायहरू छन् ती व्यवसाय गर्ने थियौँ । तर हामी समाज परिवर्तनको लागी गुणस्तरीय शिक्षाको आवश्यकता पर्दछ र त्यो गुणस्तरीय सेवा हामीले नै किन नदिने भनेर कलेज सञ्चालनको परिकल्पना गरिएको हो । उनले भने, ‘यद्यपि व्यालेनसिट जुनसुकै व्यापारमा पनि हेरिन्छ । अहिले हामीले भन्दै गर्दा आदर्शका कुरा गरे जस्तो हुन्छ । हामीले पनि व्यालेनसिट हेर्छौ तर यसको अर्थ यो हैन कि हामीले कलेजलाई नाफामुखी व्यवसायका रूपमा चलाउँछौँ । हामी सेवा मुखी भावनाका साथ विद्यार्थी र अभिभावकलाई सक्दो सन्तुष्ट बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजलाई सबल अन्तर्राष्ट्रिय बिजनेस स्कुलका रूपमा स्थापित गर्न प्रयत्नशील रहने छौँ ।’

साथै धनगढीको क्रिसेन्ट सिटी स्कुल पनि आफूहरूको व्यवस्थापन टिमले सञ्चालन गर्ने जानकारी दिँदै अध्यक्ष सिंहले अहिले आफूहरूले क्रिसेन्ट सिटी स्कुलको पनि कक्षा ११को मात्रै भर्ना गरिरहेको र कक्षा ११ मा कानुन, जनरल म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट संकायको मात्रै भर्ना गरिरहेको जानकारी दिए । उनले भने, ‘कक्षा ११को सबै संकायको विद्यार्थीहरूलाई पनि एसी युक्त कक्षाकोठा, अतिरिक्त कक्षा, अत्याधुनिक सुविधा सम्पन्न मल्टिमिडिया कक्षा, अतिथि शिक्षक तथा विषय विज्ञहरूबाट अध्यापन, कोभिड महामारी नभएको खण्डमा हरेक ६-६ महिनामा स्थलगत भ्रमणको व्यवस्था गरेर अध्यापन गर्ने व्यवस्था गरेका छौँ ।’

साथै कक्षा ११-१२ मा उल्लेखित गुणस्तरीय सुविधा सहित अध्ययन, अध्यापन गराउने सुदूरपश्चिममा मात्रै नभएर काठमाडौँ भ्याली बाहरिका कलजेहरु मध्येबाट आफ्नो स्कुल तथा कलेज नै पहिलो स्कुल हुने अध्यक्ष सिंहले दाबी गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK