Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकारका पत्रकारलाई ज्यान मार्ने धम्की दिने अध्यक्षविरुद्ध बोल्यो पत्रकार महासंघ कैलाली… (बिज्ञप्तिसहित)

अर्थ सरोकार

धनगढी। फूलबारी सब डिभिजन बन मातहतको सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले समाचार लेखेको भन्दै अर्थ सरोकारका पत्रकार र क्यामरापर्सनमाथि ज्यान मार्ने धम्की दिएपछी नेपाल पत्रकार महासंघ, कैलाली शाखा बोलेको छ । सामुदायिक वनको गोलिया नियम बिपरित अध्यक्षले लगेको भन्ने समाचार प्रकाशन भएपछि अध्यक्ष गिरीले अर्थसरोकारका सुदूरपश्चिम ब्युरो सुदर्शन श्रेष्ठ, फूलबारी खबरका सम्बादाता झलक दवाडी र अर्थसरोकारका क्यामेरा पर्सन हरि तिवारीलाई ज्यान मार्ने धम्की दिएका थिए  ।

समाचारका बिषयलाई लिएर गिरीले आज दिउँसो अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । अपशब्दसहित ज्यान मार्ने धम्की दिएपछी उनीविरुद्ध अहिले पत्रकारका विभिन्न संघ संगठनहरु विरोधमा उत्रिएका छन् । यसरी पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखासहित, नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति, नेपाल फोटो पत्रकार महासंघ कैलाली, प्रेस चौतारी नेपाल लगायतले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भ्रत्सना गरेका छन् ।

सञ्चारमाध्यममा प्रकाशित-प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे अपनाउन सकिने कानुनी तथा अन्य वैधानिक उपचारका बाटोलाई छाडेर पत्रकारको ज्यान मार्ने धम्की दिने घटना गुण्डाराजको नमुना भएको भन्दै पत्रकार द्वयले आपत्ति जनाएका छन् । हेर्नुहोस् नेपाल पत्रकार महासंघ, कैलाली शाखाले जारी गरेको प्रेस बिज्ञप्ति

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK