Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा आयोजित ७ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा आयोजित ७ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको अभियान ’प्रहार’ को आयोजनामा सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न भएको हो ।

सुदूरपश्चि प्रदेशभरका ९ जिल्लाका २२ स्थानिय तहबाट प्रतिनिधित्व गर्ने महिला र पुरुष गरी ५६ जनाको सहभागितामा गत मंगलबार आयोजना गरिएको तालिमको आज एक कार्यक्रमबाबीच समापन गरिएको हो । महिला हिंसाजन्य घटना न्युनिकरणका लागि थालिएको अभियानलाई देशव्यापी रुपमा अगाडी बढाउनका आफूहरु लागि परेको महिला हिसां विरुद्धको अभियान प्रहार का संस्थापक प्रकाश चन्दले जानकारी दिए । उनले भने, ‘आत्मरक्षाको तालिम वर्तमान समयमा महिला पुरुष दुवैका लागि अपरिहार्य छ ।’

आत्मरक्षा सम्बन्धि तालिम तथा प्रशिक्षण कार्यक्रमलाई स्थानिय तह हुँदै प्रदेश र प्रदेश हुँदै देशव्यापीरुप दिनका लागि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने चन्दको भनाई रहेको छ । त्यस्तै तालिम आयोजनामा सहयोग गर्ने सहयोगी संस्थालाई धन्यबाद दिँदै चन्दले महिला हिंसा न्युनिकरणका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

त्यस्तै सोमबार गरिएको समापन कार्यक्रममा प्रमुख अथिती युबराज कुवर, विशिष्ट अथितीमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य दुर्गा भन्डारी, सु प क्षेत्रीय खेलकुद बिकास समितीका उपनिर्देशक सुदेश सागर जोशी, युबा नेता तथा खो खो खेलका प्रशिक्षक मनोज राई, बास्केटबल खेलका प्रशिक्षक तथा अनेरास्ववियु कैलाली का अध्यक्ष किसोर शाह, नेपाल पत्रकार महासंघ सुदुरपशिम प्रदेश का सचिब हरि जोशी, प्रेश चौतारी कैलाली संयोजक भानुभक्त आचार्य, कराते प्रशिक्षक केशव बडुवाल उपस्थिति रहेको थियो ।

उक्त ७ दिने तालिमको मुख्य सहयोगीका रुपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेश, भेन्यु पार्टनर कैलाली उद्योग वाणिज्य संघ, प्राविधिक सहयोग राष्ट्रिय गोजुरियो कराँते–दो संघ नेपालको रहेको थियो । महिला हिसांजन्य घटना न्यनिकरणका लागि प्रहारले विभिन्न ठाउँमा तालिम दिदैं आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK