Skip to content
LAXMI SUNRISE BANK

संविधानलाई ७ प्रश्न ? (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन असोज ३ अर्थात संविधान दिवश आज देशैभरी हर्षोल्लासका साथ मनाईएको छ । तर सुदूरपश्चिमबाट भने संविधान दिवशकै दिन राष्ट्रिय सरोकार मञ्चले संविधानमाथी प्रश्न गर्दै दिवशको विरोध गरेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा राष्ट्रिय सरोकार मञ्चले नेपालको संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै शान्तिपुर्ण तरिकाले विरोध गरेका हुन् । संविधानले नेपाली जनतालाई खुसी नदिएको भन्दै नेपालको संविधान २०४७ लाई लागु गर्नुपर्ने मागसहित विरोध गरेका हुन् । ‘लाखौँ युवाहरु विदेशमा पसिना बगाउनुपर्ने बाध्यता छ’, राष्ट्रिय सरोकार मञ्च कैलालीका जिल्ला उपाध्यक्ष मनिष खरेलले भने, ‘यहि प्रश्न गर्दै आज विरोध गरेका हौँ ।’

वर्तमान संविधान नेपाली जनताले चाहेर निर्माण भएको संविधान नभएर विदेशीहरुबाट लादिएको र चोर बाटो भएर जारी गरिएको संविधान भएको स्थानिय हिरालाल भट्राईले बताए । उनले भने, ‘मुलुकको वर्तमान आवश्यकता भनेको सम्पुर्ण राजनीतिक दल, नेपाली जनता र राजसंस्था सहितको वि.सं २०४७ सालको संविधानको पुर्नस्थापना हो ।’

राष्ट्रिय सरोकार मञ्च मुख्यमन्त्री कार्यालय अगाडी गरिएको कार्यक्रममा संविधानमाथी विभिन्न प्रश्नहरु गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK