- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिका १४ फूलबारी सि गाउँमा अवस्थित रामजानकी मन्दिरबाट मूर्ति हराएको छ । स्थानियहरुका अनुसार सि गाउँमा रहेको रामजानकी मन्दिरको गेटमा बनाएको एउटा मुर्ती चोरी भएको हो ।
मन्दिरको गेटमा स्वोर्गिय उत्तम कुमार कार्कीद्वारा बनाइएको लक्ष्मणको मुर्ती कहिले हराएको भन्ने कसैलाई थाह छैन । हराएको मुर्तिको बिषयमा मन्दिर समिती अध्यक्ष राम बजारी थारु आफुलाई कुनै जानकारी नभएको बताउछन । ‘खै कहिले हराएछ यहाँको मुर्ती, पहिले त भए जस्तो लाग्छ’, उनी गेट्तर्फ देखाउदै भन्छन्, ‘यो गेटमा ढोका थियो कि थिएन मैले त त्यो पनि बिर्सिए , मुर्तीचाहिँ कहाँ गएछ त ?’
मन्दिरबाट मूर्ति चोरी भएको खबर पाउनासाथ वडा अध्यक्ष समेत रहेका मन्दिर समितिका अध्यक्ष थारुलाई खबर गर्दा कुनै चासो नदिएको स्थानिय उमेश चौधरिले बताए । उनले भने, ‘मन्दिरको अध्यक्ष भएर आफुले त केही गर्न सकेनन अरुले बनाइदिएको सामाग्रीको पनि उचित संरक्षण गर्न सक्दैनन् ।’ मन्दिर व्यबस्थापन समितिका अध्यक्षलाई लामो समय सम्म खबरदारी गर्दा पनि काममा चासो नदिने गरेको समेत स्थानियहरुको भनाइ छ।
मन्दिर व्यबस्थापन समितिका लापरबाहिका कारण मन्दिरका बहुमुल्य मुर्ती लगायतका अन्य सामाग्रीहरु चोरी हुने गरेको स्थानीयहरुको भनाइ छ । मन्दिर परिसरको गेटबाट हराएको मुर्तिको खोजी गर्न कसैले चासो दिएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्