- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । समाज परिवर्तनका लागि धनगढीमा नमुना नेपाल अभियान को स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सक्रिय युवाहरुको सहभागितामा राष्ट्का लागि योगदान भन्ने नाराका साथ नमुना नेपाल अभियानको स्थापना गरिएको हो ।
संस्था र संस्थाद्धारा आयोजना गरिने गतिविधि पुर्णतया राजनीतिबाट अलग हुने संयोजक याम लामिछानेले बताए । उनले भने, ‘अहिलेको आवश्यकता परिवर्तन हो ।’ त्यस्तै संस्थाको उद्धेश्यका विषयमा बोल्दै सचिव नारायण प्रसाद भुषालले समाजसेवा गर्ने र समाजमा जनचेतना फैलाउने उद्धेश्यले संस्थाको स्थापना गरिएको बताए । उनले थपे, ‘यति मात्र होईन हाम्रो उद्धेश्य अप्ठ्यारोमा परेकालाई माथि उकास्न प्रयत्न गर्नुपनि हो ।’
त्यस्तै संस्थाले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी थारुको प्रमुख आथित्यतामा वृक्षारोपण तथा सरसफाई गरेको छ । याम लामिछानेको संयोजकत्वमा स्थापना गरिएको नमुना नेपाल अभियान संस्थामा सहसंयोजक यामु शर्मा, सचिवमा नारायण प्रसाद भुषाल, सह सचिवमा नवराज ओझा, कोषाध्यक्षमा यादव शर्मा, सदस्यमा क्रमशः कृष्ण बहादुर लामिछाने, इन्द्र बहादुर क्षेत्री, चिरञ्जिवी काफ्ले, किरण घर्तिमगर, चन्द्रा घर्ति र प्रदिप ओझा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्