- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कल्गी बचत तथा ऋण सहकारी संस्थाको १३ औं स्थापना दिवस सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको कल्गी बचत तथा ऋण सहकारी संस्थाले १३ औँ स्थापना दिवस सम्पन्न गरेको हो ।
संस्थाको १३ औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकोे छ । अस्पतालमा विरामीहरुको उपचारका लागि रगतको असहज अवस्था सिर्जना नहोस भनी समाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कल्गी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र चौधरीले बताए । उनले भने, ‘सहकारीको उद्धेश्य नाफा कमाउनु मात्र होईन सामाजिक उत्तरदायित्व बहन गर्नुपनि हो ।’ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षताका सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका संचालक माधव प्रसाद जोशी रहेका थिए । त्यस्तै कार्यक्रममा डिपो बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे, स्वयमं जागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मि जैशीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव भरत सुवेदीले गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्