Skip to content
LAXMI SUNRISE BANK

सुत्केरी मृत्यु प्रकरणः मृत्यु प्रश्चात उपचारको ‘ल्याप्चे’ लाएको भन्दै कारवाहीको माग ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा रहेको नवजिवन अस्पतालमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै छानबिनको माग गरिएको छ । उपचारमा अस्पतालका विशेषज्ञ डा. जयराम के.सी. को लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले छानबिनको माग गरेका हुन् ।

गर्भवति भएका दिनदेखी नै डा. जयराम के.सी. को परामर्शमा रहँदै आएको भएतापनि अन्तिम समयमा आएर उपचारमा लापरवाही गरेको मृतकका काका तेज बहादुर सिंहले बताए । ‘महिनौँ अघिदेखि चेकजाँच गर्दै आएको डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरवाहीको पारकाष्ठा हो’, उनले भने, ‘बिरामी स्वयमं आफैले अपरेशनका लागि अनुरोध गर्दापनि चिकित्सकको आफ्नै ढिपीले अनुमति नै नलिई भ्याकुम लगाएका हुन् ।’ त्यस्तै नवजात शिशुको अवस्थाको विषय पनि अज्ञात रहेको उनले बताएका छन् ।

आइतबार बिहान डोटीको शिखर नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो । शनिबार विहान १० बजे पेट दुखेर अस्पताल भर्ना भएको ३९ हप्ताकी गर्भवती मल्लको भ्याकुम प्रयोग गरेर ११ः४४ मा डेलिभरी गराइएको थियो ।

सोहि दौरानमा अस्पतालको लापरवाहीका कारण सिंहले मृत्यु वरण गर्नुपरेको बताउँदै आफन्तले उच्च स्तरिय छानबिन समितीको माग गरेका छन् । आईतबार एक विज्ञप्ति जारी गर्दै उनिहरुले छानबिन र दोषिलाई कारबाही नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । हेर्नुहोस् यस्तो छ विज्ञप्तिः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK