सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु भएपछि तनाब सृजना भएको छ । धनगढीमा रहेको केजि अस्पतालमा उपचारको क्रममा ४ महिने शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । डोटिको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु वि.क र मातादेवी वि.कको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । मृत्युप्रश्चात मृतक शिशुका आफन्तले चिकित्सकको लापरवाहीका कारण बच्चाको ज्यान भएको आरोप लगाएका छन् ।
उपचार नहुने बिरामी हामी रेफर गरिहाल्छौँ भन्दै ६ दिनसम्म उपचार गरे, मृतक शिशुका अंकल शंकर विकले भने, खुट्टाबाट औषधी चढाउछौँ भने अनुमति बिनै टाउकोमा घाउ बनाएको छ । उनले थपे, उपचार सम्भव नभए अन्यत्रै लैजान्छौँ भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि उहि हो यहाँ गर्ने उपचार पनि त्यहि हो भनेर आलटाल गरे । त्यस्तै उपचारमा संलग्न चिकित्सकले चरम लापरवाही गरेको मृतक शिशुका आफन्त मुन्ना विकले बताए ।
डोटीमा रहेको महाकाली मेडिकलले अक्सिजनको कमी भएको भन्दै धनगढी रेफर गरेको शिशुको यहाँ आएपछि मृत्यु भयो, उनले भने, आफन्तलाई झुठो आश्वासन दिएर यो अवस्था आयो । त्यस्तै आफन्तले अस्पतालमा भएको लापरवाहीप्रति छानबिन गरि दोषिलाई कारबाहीको माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्