×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ महिने शिशुको मृत्यु प्रकरण : केजि अस्पतालमा प्रहरी परिचालन, आफन्तले राखे कारबाहीको माग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४ महिने शिशुको मृत्यु प्रकरण : केजि अस्पतालमा प्रहरी परिचालन, आफन्तले राखे कारबाहीको माग

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । ४ महिने शिशु साहिल विकको मृत्यु भएपछि केजि अस्पतालमा प्रहरी परिचालन गरिएको छ । धनगढीमा रहेको सो अस्पतालमा उपचारको क्रममा ४ महिने उनको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेपछि प्रहरी परिचालन गरिएको हो ।
डोटिको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु वि.क र मातादेवी वि.कका ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।  उपचारमा संलग्न चिकित्सक उपेन्द्र यादवको लापरवाहीका कारण बच्चाको ज्यान भएको आरोप आफन्तले लगाएका छन् ।
आफन्तले अस्पतालमा भएको लापरवाहीप्रति छानबिन गरि दोषिलाई कारबाहीको माग गरेका छन् । यादवले उपचार नहुने बिरामी आफुहरुले रेफर गरिहाल्ने भन्दै ६ दिनसम्म शिशुलाई अस्पतालमै राखेका थिए । शिशुको टाउकोमा अनुमति बिनै  घाउ बनाईएको पनि आफन्तले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी