- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय धनगढीमा कार्यारत महिला कर्मचारीका लागि सेनिटरी प्याड वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का नविन पनेरुले आफ्नो जन्मदिनको अवसरमा प्याड वितरण गरेका हुन् ।
मुलुकमा हावी भएको पश्चिमिकरणसँगै जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृतिलाई तोड्न सामाजिक कार्यमा संलग्न भएको पनेरुले बताए । ‘खर्चका नाममा कसैले सकरात्मक कार्य गरेका छन् त कसैले नितान्त फजुल खर्च’, उनले भने, ‘तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दै मैले सेनिटरी प्याड वितरण गरेको हुँ ।’

दैनिक देशभर कयौँ महिलाहरु महिनावारी भएका बेला प्याड अभावकै कारण मर्कामा पर्ने गर्दछन्, सोही मर्काको साक्षी बनिरहेका महिला प्रहरी कर्मचारीलाई मध्यनगर गर्दै सेनिटरी प्याड वितरण गरेको पनेरुले बताएका छन् ।
जन्मदिनको अवसरमा पनेरुले वडा प्रहरी कार्यालय धनगढीलाई ४० पिस, महिला तथा बालबालिका सेभ हाउस र दृष्टि फाउण्डेसनलाई क्रमश ४० र ४० पिस सेनेटरी प्याड वितरण गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्