- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा सुविधासम्पन्न प्याराडाईज क्याफे संचालनमा आएको छ । एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे संचालन गरिएको छ ।
तत्कालिन आवस्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा ‘Go Green, Safe Nature’ भन्ने मुल उद्देश्यका साथ क्याफे संचालन गरेको क्याफेका संचालक सुनिल यादवले बताए । ‘सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेहरुको सुविधालाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको हो’, उनले भने, ‘हल संचालनको समय बाहेक अन्य समयमा पनि सेवा दिन्छौं ।’ त्यस्तै यादवले हलको प्राङ्गणमा क्याफे भएतापनि अन्य सेवाग्राहीले पनि जुनसुकै समयमा सेवा लिन सक्ने बताएका छन् ।
क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ । क्याफेमा आउने सबै सेवाग्राहीले वातावरणिय आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालक यादवले बताएका छन् । ‘हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन’, उनले भने, ‘गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो ।’
क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न संस्कृतीका खानाका परिकार पाईने यादवले बताएका छन । उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्