- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूपश्चिम ब्युरो
धनगढी । कैलालीमा पछिल्लो समय विद्युत प्राधिकरणको लापरवाही बढ्दै गएको छ । बिजुलिका पोल, तार तथा अति संवेदनिशिल ट्रान्सफर्मरको व्यवस्थापन गर्न नसक्दा लापरवाहीसँगै जोखिम पनि त्यत्तिकै मात्रामा बढेको हो ।
जिल्लाको कैलारी गाउँपालिका १ हसुलिया चौराहमा ट्रान्सफर्मर जुन सडकभन्दा ४ देखि ५ फिटमात्रैको उचाईमा राखिएको छ । बाक्लो बस्ती र जनघनत्व बढी भएको उक्त क्षेत्रमा अव्यवस्थित राखिएको ट्रान्सफर्मरकै कारण जोखिम बढेको स्थानिय नेपालु चौधरीले बताए । ‘खेल्ने क्रममा केहिलेकाहीँ त बालबालिका ट्रान्सफर्मरमाथी नै चढ्छन्’, उनले भने, ‘यदी कसैलाई केहि भयो भने जिम्मेवार को हुने ?’
झण्डै १० वर्षदेखी सो ट्रान्सफर्मर यस्तै अव्यवस्थित अवस्थामा रहेको अर्का स्थानिय ज्ञानु चौधरीले बताए । ‘विगतमा कयौँ पटक ट्रान्सफर्मर सर्ट हुँदा आगलागी समेत भएको छ’, उनले भने, ‘आज फेरी सर्ट भयो ।’ ‘बारम्बार ट्रान्सफर्मरमा यस्तै समस्या आईरहन्छ तर पटक पटक खबर गर्दापनि विद्युत प्राधिकरणले उक्त समस्या समाधामा चासो नै दिँदैन’, उनले थपे ।
केहि समय अगाडीपनि हुलाकी सडक छेउमा रहेका बिजुलिका पोल ढल्नै लागेको थियो । जोखिमप्रति प्राधिकरण बेखबर शिर्षकमा समाचार सम्प्रेषण भएपछि पोलको पुनः निर्माण गरिएको थियो । त्यसप्रश्चातपनि सेवा प्रवाह गर्ने कुरामा प्राधिकरणले पटक पटक लापरवाही गर्दै आएको स्थानियले आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्