अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । धनगढीमा कफि पारखीहरुका लागि माछापुच्छ्रे अर्गानिक कफि हाउस संचालनमा आएको छ । सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ एभरेस्ट बैंकको पछाडी कफि हाउसको उद्घाटन गरिएको हो । २० लाखको लगानिमा धनगढीमा फरक स्वाद दिने उद्देश्यका साथमा कफि हाउस संचालनमा ल्याएको कफि हाउसका संचालक पवन सेरचनले बताए ।
यो पोखराको माछापुच्छ्रे अर्गानिक कफि हाउसको शाखा हो, उनले भने, “४ जनाको संयुक्त लगानीमा यो कफि हाउस संचालनमा ल्याएका हौं । पछिल्लो समय नयाँ पिढी कफिप्रती आकर्षित हुँदै गएको छ र कफिका थुप्रै फाईदापनी छन, अर्का संचालक हेमन्त अधिकारीले भने, अरु कुराको लत लगाउनुभन्दा कफिप्रेमी बनाउनकै लागि धनगढीलाई केन्द्रित गर्दै कफि हाउस खोलेका हौं ।”
त्यस्तै उनले धनगढीको माग अनुसारको स्वाद दिने बताएका छन । उनले थपे, “अहिले नितान्त कफिलो स्वाद मात्रै दिन्छौं तर भावी दिनमा फुड रेस्टुरेन्ट नै संचालन गर्ने लक्ष्य छ ।” कफि हाउस ४ जना (हेमन्त अधिकारी, पवन सेरचन, सन्दिप कार्की र अर्जुन थापा) को पार्ट्नससिपमा संचालन गरिएको हो । कफि हाउसको उद्घाटन भने राष्ट्रिय सरोकार मञ्चका केन्द्रिय अध्यक्ष सोमबिक्रम सिंह र आई.एस.टि.एफ (international soft tenis federation) का अध्यक्ष बिनयबिक्रम शाहले संयुक्त रुपमा गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्