Skip to content
LAXMI SUNRISE BANK

के तपाईको गाडी नो-पार्किङ्गमा छ ? होस् गर्नुहोस है… ह्विल लक लाग्न सक्छ !

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा ट्राफिक प्रहरीले ह्विल लक लगाउन सुरु गरेको छ । अव्यवस्थित सवारी पार्किङ्गको समस्या समाधान गर्नका लागि सोमबारदेखी नो पार्किङ्गमा रहेका सवारी साधनमा ह्विल लक लगाउन सुरु गरिएको हो ।

साँघुरा सडक र सवारी चाप त्यसैमाथी अव्यवस्थित पार्किङ्गले झनै समस्या सृजना गर्दै आएको धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ह्विल लक लगाउन सूरु गरेको छ । अव्यवस्थित पार्किङ्गले सडक दुर्घटनाको जोखिम बढाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताएका छन् । ‘अव्यवस्थित पार्किङ्गको समस्या समाधनका लागि आजबाट ह्विल लक लगाउन सूरु गरेका छौँ’, उनले भने, ‘नो पार्किङ्गमा रहेका सवारी साधनमा अन द स्पट ह्विल लक लाग्छ र कारवाही पनि हुन्छ ।’

त्यस्तै पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृति बढेको बताउँदै प्रहरी निरिक्षक सिंहले उक्त समस्या समाधानका लागि धनगढीमा ब्रेथ लेजरको प्रयोग गरिने बताए । ‘विगतमा मादक पदार्थ सेवन गरि सवारी चलाउनेलाई कारवाही गरेतापनि आफुसँग प्रमाण नहुँदा समस्या हुनेगथ्र्यो’, उनले भने, ‘ब्रेथ लेजरको माध्यमबाट साँझको समयमा मापासे चेकजाँच गर्छौँ ।’ त्यस्तै उनले मापासे गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याउनुका साथै आफ्नो कार्यकालमा यो समस्या जिरोमा झार्ने बताएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK