- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा बर्ड फोटोग्राफि प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ । जिल्लामा रहेको घोडाघोडी ताल संरक्षण क्षेत्रमा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा चरा फोटोप्रतियोगिताको पहिलो चरण अन्तर्गत चराहरुको फोटो संकलनको काम सम्पन्न गरिएको हो ।
चरा पर्यटनलाई प्रोमोसन गर्ने उद्धेश्यः
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल संरक्षण क्षेत्र विश्वमै दुर्लभ चराचुरुगिंको बासस्थान हो । घोडाघोडी ताल क्षेत्रलाई छिट्टै बर्ड सेन्चुरी घोषणा गर्ने कार्यक्रम रहेको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताए । ‘बर्ड सेन्चुरी कार्यक्रमलाई मध्यनजर गर्दै चरा फोटोग्राफि प्रतियोगिताको आयोजना गरेका हौँ’, उनले भने, ‘चरा पारखीहरुका लागि यो क्षेत्र सुहाउँदो छ ।’ त्यस्तै चौधरीले चरा पर्यटन घोडाघोडी ताल क्षेत्रको मुख्य विशेषता रहेको समेत बताएका छन् ।
चरा पर्यटनलाई विश्वमा चिनाउनेः
बर्ड सेन्चुरी घोषणा गर्दै घोडाघोडी ताल क्षेत्रको चरा पर्यटनलाई विश्वसामु चिनाउने लक्ष्य रहेको उपाध्यक्ष चौधरीले बताएका छन् । घोडाघोडी ताल क्षेत्र चराकै बासस्थान भएकोले चरालाई नै प्राथामिकतामा राखेर प्रतियोगिता गरेको उनको भनाई छ । ‘घोडाघोडी ताल क्षेत्र बर्ड सेन्चुरी घोषणा हुनु जिल्लाको लागि मात्र होईन देशकै लागि गौरवको कुरा हो’, उनले भने, ‘यहि कुरालाई राष्ट्यि तथा अन्तराष्ट्यि स्तर सम्म पुर्याउने लक्ष्यसहित प्रतियोगिता गरेका हौँ ।’
प्रतियोगिताका सहभागिहरुले संकलन गरेका फोटोहरु १८ गते बोर्डमा पेश गर्ने र बर्ड सेन्चुरी घोषणा गर्ने कार्यक्रममा उत्कृष्ट फोटोग्राफरलाई सम्मान सहित पुरस्किृत गरिने छ । प्रथमलाई ३० हजार र प्रमाणपत्र, द्धितियलाई २० हजार र प्रमाणपत्र र तृतियलाई प्रमाणपत्रसहित १० हजार नगद पुरस्कार दिईने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्