- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । नेकपा माओवादी केन्द्रको नगर कमिटी उपाध्यक्षमा ललित खत्री विजयी भएका छन् । खेलकुद बिकास समिति कैलालीका अध्यक्ष खत्री नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटिको उपाध्यक्षमा अत्याधिक मतले बिजयी भएका हुन् ।
खेलकुद विकास समिती कैलालीका अध्यक्षसमेत रहेका खत्रीले आफ्नो राजनीतिक यात्राले अब फरक मोड लिने बताएका छन । खेलकुद क्षेत्रमा लामो समयदेखी लागेका उनले पछिल्लो खेलकुदको भविष्य राजनितिक माहोलले बिगारेको समेत बताए । उनले भने, “राजनितिले डामाडोल पारेको खेलकुद क्षेत्र राजनितीबाटै माथी उकास्छु ।”
बिहिबार मतदान प्रक्रियाबाट निर्वाचित भएका खत्रीले सबैभन्दा बढी ४६ मत पाएका हुन् । उनिसंगै ४१/४१ मत ल्याएर दिपक रावल र मन्तोरा रानापनि उपाध्यक्षमा बिजयी भएका हुन् । उपाध्यक्षमा बिजयी ३ सहित किसन कोली, बिनोद बोहरा, मिन बहादूर बिसी र राजु तोलाङ्गी भिडेका थिए । नगर अध्यक्षमा सुरज खाती निर्वाचित भएका थिए भने, सचिवमा रमेश भट्राई निर्बिरोध निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्