- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सिटिईभिटीको निर्णयलाई लत्याएको भन्दै धनगढीस्थित शैलेश्वरी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । सोमवार विद्यार्थीहरुले शुल्क फिर्ताको माग राख्दै शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
क्याम्पसले विद्यार्थीको १५ प्रतिशत शुल्क फिर्ता गर्नेभनि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटि) ले निर्देशन दिएपनि क्याम्पसले फिर्ता नगरेको उनीहरुले बताएका छन् । क्याम्पसलाई पटक पटक अल्टिमेटम दिँदापनि आफुहरुको मागलाई बेवास्ता गर्दै आफुहरुलाई निरुत्साहित गरेको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थि सुरेन्द्र सिंह साउँदले बताए । ‘प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटि) ले जारी गरेको सुचनाका आधारमा आफुहरुले कलेजबाट लकडाउनको ७ महिने अवधिमा हुन आउने कुल रकम रु ७० हजारको १५ प्रतिशतले १० हजार ५ सय पाउनुपर्ने हो’, उनले भने, ‘तर उक्त शुल्क कलेजले दिनुको सट्टा उल्टै धम्किपुर्ण शैलिमा पेल्न खोज्दै छ ।’
यस्तो छ विद्यार्थिले कलेजमा दिएको निवेदन र मागः

त्यस्तै सोहि विषयमा बुझ्न अर्थ सरोकारको टिम उक्त कलेजमा पुग्दा शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीकी प्रमुख बिमला पौडेल स्वांरले हामीसँग क्यामेरामा बोल्न नै मानिन् । तर उनिसँग भएको अनौपचारिक संवादमा उनले सिटिईभिटीले जारी गरेको सुचना स्पष्ट नभएकाले विद्यार्थि र कलेज प्रशासनबीचमा द्धन्द सृजना भएको बताएकी छिन् । हामीले पैसा नदिने भन्ने होईन, उनले भनिन्, सिटिईभिटीबाट स्पष्ट निती आउने बित्तिकै हामी १० हजार होईन लाखौँ परेपनि दिन तयार छौँ ।
यस्तो छ सिटिईभिटीको सुचनाः

तर विद्यार्थिहरुले भने कलेज प्रशासनले पटक पटक गरी आफुहरुको भविष्यमाथी खेलवाड गरेको आरोप लगाएका छन् । ‘क्याम्पस प्रमुखसँग शुल्क फिर्ताको कुरा राख्दा तिमिहरुलाई जे गर्न मन छ गर भन्दै धम्की दिनुभयो’, एक विद्यार्थिले भने, ‘यहि रिसले हाम्रो रिजल्टमा समस्या पर्यो भने जिम्मेवार को हुने ?’
विद्यार्थिहरुले कलेजमा लगाएको ताला माग सम्बोधन नभएसम्म नखोल्ने अडान लिएका छन् । यता बार्ता र समझदारीका लागि सहज वातावरण नभएका कारण तत्काललाई विद्यार्थिको परिक्षालाई मध्यनजर गर्दै १ हप्ता विदा दिईएको क्याम्पस प्रमुख बिमला पौडेल स्वाँरले बताएकी छिन् । यस विषयमा अर्थ सरोकारले गरेको थप फलोअप आउन बाँकी छः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्