- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा ट्राफिक प्रहरीले सडक दुर्घटना न्युनिकरणमा सिस्टमेटिक व्यवस्थापनको थालनि गरेको छ । पौष १ गतेदेखी लागु हुनेगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सक्रियता देखाएको हो ।
बिहिबार धनगढी उपमहानगरपालिका २ विशालनगरमा रहेको नेस्नल ट्रेडिङ्ग को झण्डै डेढ बिघाह जमिनमा ट्याङ्कर पार्किङ्ग स्थल निर्माण गरिएसँगै मोहोना अत्तरिया ६ लेन सडकमा अव्यवस्थित ट्याङ्कर पार्किङ्गको समस्या समाधान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताएका छन् । ‘अब ६ लेनमा पार्किङ्ग गरिने ट्याङ्कर सबै यहीँ पार्किङ्ग हुन्छन्’, उनले भने, ‘यसले ६ लेनमा देखिएको ठूलो सडक दुर्घटनाको जोखिम कम भएको छ ।’
त्यस्तै पौष १ गतेबाट लागु हुनेगरी धनगढीमा रहेका अटोरिक्साहरुमा पनि जोरबिजोर प्रणाली ल्याएको प्रहरी निरिक्षक सिंहले बताएका छन् । ‘योसँगै आजैबाट लागु हुनेगरी धनगढीमा पार्किङ्गको अवस्थालाई पनि व्यवस्थित बनाएका छौँ’, सिंहले भने, ‘यो क्रम निरन्तर चलिरहन्छ ।’ त्यस्तै सिंहले आफ्नो कार्यकालमा धनगढीमा देखिएका ट्राफिक व्यवस्थापनका समस्यालाई निर्मुल पार्ने प्रतिबद्धता समेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्