- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । निकै लामो समयदेखी धनगढीबासीको सपना थियो फराकिला सडक र व्यवस्थित नाला । तर पछिल्लो समय परिवर्तनको लस्करमा रहेका धनगढीका मुख्य तथा बाईपास सडकका विषयमा नागरिक स्तरमा त्यत्तिकै मात्रामा जिज्ञासाको ओईरो लाग्ने गरेको छ ।
अहिले क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतको धनगढी सहिद गेटदेखी क्याम्पस चौकसम्म सडक तथा नाला निर्माणको काम भईरहेको छ । १६ मिटर चौडाई रहेको उक्त सडक निर्माणको पहिलो चरणमा माटो फिलिङ्ग र लेबलिङ्ग गरिँदै छ । तर सडककै बीचभागमा पर्ने बिजुलीका पोलहरु देख्दा यस्तो लाग्छ, ‘ठिङ्ग उभिएका पोलले दिर्घकालिन विकासलाई गिज्याईरहेका छन् ।’
सडकका बीचभागमै बिजुलि र नेपाल टेलिकमा पोलहरु छन् तरपनि माटो फिलिङ्ग र लेबलिङ्गको काम चलिरहेको छ । बीचसडकमै थुप्रै पोलहरु हुँदा दुर्घटनाको जोखम त छ नै विकास मोडालिटीबारे पनि नागरिकको चिन्ता छ ।
‘पोल हटाउनका लागि नेपाल टेलिकम, विद्युत प्राधिकरण र नगरपालिका लगाएतका सम्बन्धित निकायमा लबिङ्ग भईसकेको छ’, क्षेत्रीय शहरी विकास आयोजनाका ईन्जिनियर द्रोण कट्वालले भने, ‘छिट्टै पोल हटाउने काम सूरु हुन्छ ।’ अधिकांश पोलहरु सडकमा निर्माण हुने फुटपात एरियामा पर्नेहुँदा खासै समस्या नहुने उनको भनाई छ । ‘अहिले निर्माणको काम पहिलो चरणमा छ, काम हुँदैगर्दा बिजुलीका मात्रै नभएर खानेपानीका पाईपनि हट्छन्’, उनले थपे, ‘दोस्रो र तेस्रो चरणको काममा पोल हटाएरै काम गर्छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्