Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा अटो चालकको ज्यादतीः नियम मान्दैनौँ भन्दै बाटोमै रोके अटो, साँघुरा सडकमा जाम झनै बढ्यो…

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूपश्चिम ब्युरो

धनगढी । धनगढीमा अटो चालकहरुको ज्यादति बढेको छ । अव्यवस्थित अटोरिक्सा व्यवस्थापनका लागि ट्राफिक प्रहरीले लागु गरेको जोरबिजोर प्रणाली नमान्ने भन्दै रिक्साचालकहरुले बीच सडकमै अटो रोकेर विरोध गरेका छन् ।

आईतबार धनगढीको पार्कमोड एरिया अटोरिक्साले भरिभराउ छ । बीच सडकमै मनपरी अटो रोकिएपछि दैनिक जाम हुने धनगढीको मुख्य सडकमा जाम झनै बढेको छ । एकातिर सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी बीच सडकमै रोकिएका अटो हटाउन व्यस्त छन् भने अर्कोतिर ट्राफिक प्रहरीले लागु गरेको जोरबिजोर प्रणाली नमान्ने भन्दै रिक्सा चालकहरु विरोध गरिरहेका छन् ।

‘न सवारी चालक अनुमति पत्र छ न त सवारीसाधनको ब्लुबुक’, ट्राफिक प्रहरी निरिक्षक वकिल बहादुर सिंहले भने, ‘विरोध गर्नेमा पनि धेरैजसो मापदण्ड विपरित अटो चलाउने चालकहरु नै छन् ।’ जोरबिजोर प्रणालीले नियमित तालिकामा केहि असर गरेतापनि यसले समस्या समाधान गर्ने उनको भनाई रहेको छ । तर अटो चालकहरु भने ज्यादति गर्दै विरोध मै उत्रिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK