Skip to content
LAXMI SUNRISE BANK

कल्गी बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कल्गी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । धनगढी उपमहानगरपालिक वडा नम्बर १४ फुलवारीमा रहेको सहकारीले आफ्नो ८ औं साधारण सभा सम्पन्न गरेको हो ।

समाजको आर्थिक तथा सामाजिक विकाससंगै शैक्षिक परिवर्तनका लागि संस्थाको स्थापना गरेको कल्गी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र चौधरीले बताए । स्थापनाकालदेखी अहिलेसम्म संस्थागत प्रगतिमा फड्को मारेको चौधरीको भनाई छ । उनले भने, ‘यो अवधिमा हामिले आफ्नै जमिन किनेर सहरकारीकै आफ्नै भवन समेत तयार गर्दै छौँ ।’ त्यस्तै आफ्नो सहकारीले उद्यमशिलतालाई प्राथामिकता दिँदै चौधरीले युवाहरुको आर्थिक विकासका लागि बृहत योजना तयार गरेको समेत बताएका छन् ।

कार्यक्रममा शुभकामना दिँदै प्रदेश मामिला तथा विधायन समिती सभापति नेपालु चौधरीले छोटो समयमा नै कल्गी बचत तथा ऋण सहकारी संस्थाले चुनौतिपुर्ण प्रगति गरेको बताए । नेपाल सरकारले देखेको कृषिमा क्रान्ति गर्ने सपना र मुलुकको आर्थिक विकासमा अतुलनिय योगदान रहेका सहकारी मध्ये कल्गी पनि एक रहेको उनले बताएका छन् । ‘आगामी दिनमा संस्थाको प्रगतीको कामना गर्दछु’, उनले भने, ‘प्रदेश सभा सदस्य भएको नाताले यस क्षेत्रको आर्थिक विकास र परिवर्तनका लागि निरन्तर लागि पर्नेछु ।’

प्रदेश मामिला तथा विधायन समितीका सभापती नेपालु चौधरीको प्रमुख आथित्यतामा सम्पन्न गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य सुशिला बुढाथोकी, वडा प्रतिनिधी, विध्यालय व्यवस्थापन समिती तथा सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK