- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूपश्चिम ब्युरो
धनगढी । देशकै सबैभन्दा ठुलो धनराशी भएको फुटवल प्रतियोगिता धनगढीमा हुने भएको छ । सुदूरपश्चिम ११ स्पोट्स क्लवको आयोजनामा फागुन १९ गतेदेखी धनगढी रगंशालामा फुटबल प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।
सुदूरपश्चिमलाई फुटवलको प्रदेशका रुपमा चिनाउनका लागी शुरुवात गरिएको सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुन लागेको हो । यस प्रतियोगितामा ५ ए डिभिजन क्लव, मोफसलका २, बिदेशी २ र आयोजक गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक दिन करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान लिएको आयोजकले प्रतियोगिताभर ५० लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान लिएको छ । प्रतियोगिताको बिजेताले रु २१ लाख, उप बिजेताले १० लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई रु २० हजारका दरले पुरस्कार उपलब्ध गराइने आयोजक सुदूरपश्चिम ११ स्पोट्स क्लवले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई १० हजार नगद दिइने छ ।
करिब १ करोड ५० लाख अनुमानित लागत रहेको प्रतियोगितालाई सुदूरपश्चिम सरकारले सहयोग गरेको छ । प्रतियोगितालाई सुदूरपश्चिम सरकारलेनै प्रायोजन गर्ने भएपछि यस बर्ष मुख्यमन्त्री अन्तराष्ट्रिय पाँचौ सुदूरपश्चिम गोल्डकप नामाकरण गरिएको छ । सुदूरपश्चिमलाई फुटवलका माध्यमबाट देश बिदेशमा चिनाउने भएकाले प्रदेश सरकारले सहयोग गरेको जनाएको छ ।
कोरोना भाइरसका कारण रोकिएको फुटवल प्रतियोगिता १ बर्षपछि सारेर आयोजना हुन लागेको हो । कोभिड १९ बाट बच्नका लागी सम्पुर्ण सुरक्षा उपाय अपनाएर सञ्चालन गरिने आयोजकले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्