Skip to content
LAXMI SUNRISE BANK

सडकमा नियम मिच्ने सवारी चालकलाई ट्राफिक प्रहरीले भन्यो- ‘समयमै आफ्नो कागजात लिनुहोला, नत्र…!’

अर्थ सरोकार

धनगढी । नियम उल्लंघन गरी कारवाहीमा परेका सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले कागजात लिनका लागि अनुरोध गरेको छ । आईतबार एक सुचना जारी गर्दै कार्यालयले समयमै सम्बन्धित कार्यालयमा सम्पर्क गरी कागजात लिनका लागि अनुरोध गरेको हो ।

विभिन्न मितिमा भएका सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्ङघन गर्ने सवारीधनी तथा चालकहरुका कागजपत्रहरु कारवाहीका लागि कार्यालयमा ल्याईकोमा लामो समयसम्म पनि सवारीधनी तथा चालकहरु उक्त काजगपत्र लिन नआएकाले सवारी धनि तथा चालकहरुले (सात) ७ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिएको कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यालयले सोही सुचनामार्फत तोकिएको समयावधिमा पनि कागजपत्र लिन नआएमा थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाईने बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK