सुर्खेत । सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा ३६८ पटक अनुगमन गरेको जनाएको हो ।
कार्यालयका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन तथा खाद्यवस्तुको गुणस्तरबारे सचेतना र गुणस्तर मापनको काम भइरहेको बताए । कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको उनको भनाइ थियो । “गुणस्तर मापनका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुका नमूना परीक्षणसमेत बढाइएको छ,” प्रमख थापाले भने , “दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरेका छौँ, १२ वटा मुद्दा अदालतमा पुगेकामा केहीको फैसलासमेत भइसकेका र केही प्रक्रियामै छन् ।”
कार्यालयले चालु आर्थिक वर्षको हालसम्म खाद्य उद्योगहरूमा १३ पटक अनुगमन, अन्य ४५ उद्योगमा निरीक्षण र खाद्य पसल, सुपरमार्केट, रेस्टुरेन्ट तथा मिठाई पसलमा गरी २६८ पटक अनुगमन, दाना उद्योगमा दुईपटक अनुगमन गरिएको जनाएको छ । त्यस्तै होटेल व्यवसायीलाई होटेल स्तरीकरणसम्बन्धी सचेतना अभिमुखीकरण दिनाका साथै होटेल, रेस्टुरेन्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । होटेलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको छ । कार्यालय प्रमुख थापाका अनुसार सुर्खेतमा १३ वटा होटेलमात्र वर्गीकरणमा परेका छन् ।
कार्यालयले भुसाल इन्टरप्राइजेज छिन्चुमा लेबल नभएको ५० बोरा चामल बिक्रीमा रोक, खाद्य व्यापार कम्पनीको एक हजार ९७५ क्विन्टल चामल रोक्का, आरपी जनरल स्टोर्स ५४ पेटी भेनिगर तथा १५० पेटी सोया ससमा रोक्का गरिएको र पटक–पटकको निर्देशन पालना नगर्ने दुई उद्योगको कारोबार रोक्का गरिएको जनाएको छ । उक्त कार्यालयले कर्णाली र सुर्खेतका साथै दैलेख, जाजरकोट, रूकुम पश्चिम, डोल्पा र हुुम्लामा खाद्य गुणस्तरसम्बन्धी अनुुगमन गर्दै आएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्