- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा स्थापित भएको सेती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभाव हुँदा नागरिक उपचारका लागि देश छोड्न बाध्य भएका छन् । मेसिनको अभाव र भएका मेसिनपनि त्यसै थन्किदा अहिले नागरिक समस्यामा परेका छन् ।
अस्पतालले सञ्चालन गर्दै आएको २ वटा डायलासिस मेसिन विरंग हेल्थकेयर प्रा.लीसँग सम्झौता गरेपछि अस्पताल मेसिनबिहिन बनेको थियो । बिरामीको चाप बढेपछि २०७७ साल फागुनमा ३ वटा मेसिन थप गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । तर २०७८ साल असोजमा ढुवानी गरिएका ७ वटा मेसिन भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
सेती प्रादेशिक अस्पतालको भवनमा छिर्दै गर्दा ढुवानी गरिएका ७ वडा डायलासिस मेसिन त्यसै थन्किएका देखिन्छन् । तर ढुवानी गरेको लामो समय बितिसक्दापनि त्यसको सञ्चालनको सवालमा न त अस्पतालले चासो दिएको देखिन्छ न मातहतको मातहतको सम्बन्धित निकायले ।
अहिले दैनिक सयौँ नागरिकक डायलासिसकै लागि भारतका विभिन्न सहरमा जान बाध्य बनेका छन् । अस्पतालमा मेसिन अभाव भएका कारण उपचारका लागि भारत जान बाध्य भएको बिरामीहरुको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्