- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा देखिएको तरलता संकटको मुख्य कारण पाँच दलिय गठबन्धन भएको बताएका छन् । मंगलबार बिहान प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको फुटपछि जनताको आदेशबिना न्यायलयभित्रको सेटिङ्गका आधारमा बनेको पाँच दलिय गठबन्धनले आफुलाई सैदान्तिक, वैचारिक र नैतिक रुपमा पुष्ठी गर्न नसकेको बस्नेतले आरोप लगाए । उनले भने, ‘गठबन्धनको ७ महिनामा पार्टी र पार्टीका नेतृत्व गठबन्धन भन्दापनि ठगबन्धनमा परिणत भएका छन् ।’
‘सस्तो लोकप्रियता र स्वार्थका लागि बर्तमान सरकारले नेकपा एमालेले ल्याएको बजेटलाई परिमार्जन गर्यो’, उनले भने, ‘बजेट होलिडेबाट देश अहिले विकास होलिडे मनाईरहेको छ ।’ बढ्दो व्यापार घाटा, टाँट पल्टिने अवस्थामा पुगेको अर्थतन्त्र, तरलता संकट र ब्याजदर वृद्धीजस्ता समस्याको बिउ बर्तमान सरकारले नै रोपेको बस्नेतको आरोप रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्