- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । देशमै पहिलोपटक सुदूरपश्चिम प्रदेशमा प्रादेशिक स्वास्थ्य प्रवद्धन केन्द्रको स्थापना गरिएको छ । प्रदेशको कञ्चनपुर जिल्लामा बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रदैशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रदेशमा स्वास्थ्य शिक्षालाई जनस्तरसम्म पुर्याउनका लागि पहिलोपटक प्रादेशिक स्वास्थ्य प्रवद्धन केन्द्रको स्थापना गरिएको सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले बताए । ‘चालु वर्षलाई प्रदेश सरकारले स्वास्थ्य सुधार वर्षका रुपमा अघि सारेको छ’, खड्काले भने, ‘कोरोना माहामारीकाबिच यो कदमले अभियानमा थप सहयोग पुर्याउने अपेक्षा छ ।’
कार्यालयको पहिलो प्रमुखको जिम्मेवारी हेमराज खड्काले पाएका छन् । नसर्ने रोग तथा जिवन्त रोगको व्यवस्थापन तथा निराकरणका लागि कार्यालयको उद्धघाटनबाटै प्रादेशिक अभियानको थालनि गरेको खड्काको भनाई छ । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्धेश्यलाई आत्मसाथ गरेको बताउँदै उनले डब्लुएचओको नीतिलाई आफुहरुले पनि अनुसरण गरेको बताएका छन् । ‘विकासको पहिलो खुड्किला भनेकै स्वास्थ्य हो’, उनले भने, ‘हरेक क्षेत्रमा स्वास्थ्यको एजेण्डा ल्याएर स्वास्थ्य शिक्षा प्रवाह गर्न सके मात्रै सफल हुन्छौँ ।’
प्रदेशको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने अभियानको थालनि स्वरुप प्रदेशस्तरको स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । कञ्चनपुरमा प्रादेशिक कार्यालयको स्थापना गरेसँगै उक्त अभियानलाई ल८८ वटै पालिकासम्म पु¥याउने लक्ष्य लिईएको छ । प्रवद्र्धन केन्द्रको कार्यालय स्थापनाका लागि भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्