- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशमा २८ वर्ष पुरानो मन्दिरको घण्ट चोरी भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घन्ट चोरी भएको हो । उक्त घण्ट दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले वि.सं २०५० मा चढाएका थिए । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार चोरी भएको घण्ट झण्डै ४५ किलाको रहेको थियो ।
यही फागुन १८ गते राति उक्त घन्ट चोरी भएको खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेको प्रहरी निरिक्षक थापाले बताए । उनले भने, ‘कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।’ मन्दिरमा चढाइएको घन्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घन्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्