Skip to content
LAXMI SUNRISE BANK

संघिय सांसद रानाद्धारा निर्माणाधिन धनगढीका नाला अनुगमन, झुर कामको विरुद्धमा तत्काल एक्सन लिने प्रतिबद्धता…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । संघिय सांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनि रानाले निर्माणाधिन नालाको अनुगमन गरेका छन् । मंगलबार रानाले धनगढी उपमहानगरपालिकामा पर्ने फुलवारी क्षेत्रमा निर्माणाधिन हुलाकी राजमार्ग अन्तर्गतका नालाको अनुगमन गरेका हुन् ।

निर्माणाधिन अवस्थामा रहेको नालामा अनियमितता भएको भन्ने जनगुनासो आएसँगै अनुगमन गरेको उनले बताए । ‘यो धनगढीबासीको ठूलो संघर्षपछिको सफलता हो’, उनले भने, ‘कमसल सामाग्रीको प्रयोग भएकै कारण निर्माण सम्पन्न हुन नपाउँदै चर्किने समस्या देखिएको छ ।’ अपरिपक्व विकास निर्माणको कामले दिगो विकासमा धक्का पुग्ने बताउँदै रानाले तत्कालै उक्त विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हुलाकी सडक अन्तर्गतको उक्त नाला निर्माणका क्रममा कमसल सामाग्रीको प्रयोग भएको स्थानियले समेत बताएका छन् । ‘स्टिमेटमा यहि छ भन्दै ढलानमा ठूलाठूला ढुंगाको प्रयोग भएका छन्’, एक स्थानियले भने, ‘निर्माणमा भएको अनियमितताकै परिणाम स्वरुप ठाउँठाउँमा नाला चर्किएका छन् ।’ त्यस्तै सडकभन्दा नालाको स्तर एकदमै तल भएको उनिहरुको गुनासो छ । सडकभन्दा नाला होचो हुँदा बर्खायाममा ठूलो समस्या हुने स्थानियले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK