- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । देशभर स्थानिय निर्वाचनको सरगर्मी बढीरहेका बेला पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनि राना कार्यकर्ता भेटघाटमा व्यस्त बनेका छन् । सरकारले स्थानिय निर्वाचनको मिती तय गरेसँगै कार्यकर्ता भेटघाटमा रहेका रानाले आउँदो निर्वाचनमा सहयोगका लागि सबैमा आह्वान गरेका छन् ।
मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा वडा कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै रानाले वर्तमान सरकार निर्वाचनको पक्षमा नरहेको बताए । ‘हामीले हाम्रो पार्टीका सम्पुर्ण कमिटीलाई चुनावमा सक्रिय रुपमा परिचालन गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘स्थानिय निर्वाचन हाम्रो पहिलो प्राथामिकता भएकाले त्यसका लागी हामी तयार छौँ ।’ त्यस्तै रानाले गठबन्धनका कारण निर्वाचन गराउने विषयमा वर्तमान सरकारमा अन्योलता रहेको आरोप लगाए ।
त्यस्तै नेकपा एमालेको गठबन्धनका विषयमा बोल्दै रानाले आफुहरु गठबन्धन गर्ने पक्षमा नभएको बताए । देशभरका एकाध क्षेत्रमा गठबन्धन हुनसक्छ, उनले भने, अधिकांश क्षेत्रमा नेकपा एमाले एक्लै चुवनमा सहभागी हुन्छ । ३० हजार जनप्रतिनीधि भएको स्थानिय तहमा १७ हजार जनप्रतिनीधि एमालेकै रहेको कुरालाई स्मरण गराउँदै रानाले जनताको मतले यसपालीपनि एमालेकै जित निश्चित भएको दाबी गरेका छन् । उनले थपे, ‘बर्तमान सरकार अन्तराष्ट्रिय विषयमापनि चुकेको छ र एमालेको कामलाई हेरेर जनताले एमालेलाई नै विश्वास गरेका छन् ।’
‘बर्तमान सरकारलाई विकास के हो भन्ने थाहा नै छैन’, रानाले भने, ‘बर्तमान सरकार केवल एमालेलाई हराउने दाउ खोजिरहेको छ ।’ यसपालीको निर्वाचनमा जित पक्का गरी जनताको सेवा गर्ने नेकपा एमालेको एउटैमात्र उद्धेश्य रहेको बताउँदै रानाले सबैलाई निर्वाचनको तयारीमा लाग्नसमेत अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य भुपेन्द्र थापा, पुर्व जिल्ला कमिटीका उपाध्यक्ष रण बहादुर बम, जिल्ला कमिटी सदस्य रामचन्द्र चौधरी, चुणामणी भट्ट, सरिता बुढा, नेत्र मैनाली, नगर कमिटी अध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष जगदिश चौधरी र वडा कमिटी सचिव कृष्ण पाण्डे लगाएको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्