- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । प्रथम मेयर कप आमन्त्रित कराते प्रतियोगितामा कैलालीले दुई स्थानमा आफ्नो बर्चस्व राख्न सफल भएको छ । प्रदेश नम्बर १ झापा जिल्लामा नगर खेलकुद विकास समिती र नगर कराते खेल विकास समितीको सयुंक्त आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा कैलालीबाट प्रतिनिधित्व गर्ने दुईजनाले पदक हासिल गरेका हुन् ।
जिल्ला खेलकुद विकास समिती कैलालीको प्रतिनिधित्व गर्दै कराते प्रतियोगितामा सहभागि भएका राष्ट्रिय खेलाडी बर्षा साउँदले काता विधामा प्रथम भई गोल्ड मेडल प्राप्त गरेको खेलकुद विकास समिती कैलालीका अध्यक्ष ललित खत्रीले जानकारी दिए । महिलातर्फ साउँद गोल्ड मेडल बिजेता भएको बताउँदै खत्रीले पुरुषतर्फ प्रदिप मगरले कास्य पदक हासिल गरेको बताए । ‘यो कैलाली जिल्लामात्रै नभएर समग्र सुदूरपश्चिम प्रदेशकै लागि गौरबको विषय हो’, उनले भने, ‘आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुति दिने प्रयासमा तत्पर छौँ ।’
देशभर कराते प्रतियोगिताको चासो बढीरहेका बेला कैलाली जिल्लाको यो उपलब्धि स्वागतयोग्य रहेको खत्रीको भनाई छ । खत्री आफै कराते खेलका खेलाडी तथा प्रशिक्षकको भुमिका समेत निर्वाह गर्दैै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्