- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजल आगामी चैत्र ७ (२१ मार्च) गते धनगढीको रुवस होटेलमा एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको हो ।
एजुकेशन फेयरमा अस्ट्रेलिया, युके, क्यानडा र यूएसमा बसोबास प्रर्णालीको बारेमा जानकारी दिइने आयोजकले जनाएको छ । एक्सपर्ट ग्राण्ड एजुकेशन फेयरमा अस्ट्रेलिया, युके क्यानडा र यूएसका विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ । यस्तै सोही कार्यक्रममा योग्य विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने जनाएको छ ।
एजुकेशन फेयर कार्यक्रम बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म हुनेछ भने कार्यक्रममा प्रवेश शुल्क निःशुल्क गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले बताए । अस्ट्रेलियामा मुख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको विश्वका विभिन्न देशमा शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेका छन् । यसले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई परामर्श दिँदै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्