Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा एमालेको संयुक्त पार्टी कार्यालय उद्धघाटन

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा नेकपा एमालेको वडा स्तरिय पार्टी कार्यालयको उद्धघाटन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलवारीमा वडा नम्बर १४, १८ र १९ को संयुक्त पार्टी कार्यालय (मदन आश्रीत भवन) को उद्धघाटन गरिएको हो ।

पार्टी कार्यालय उद्धघाटन गर्दै पुर्व मन्त्री, नेकपा एमालेका पोलिटब्युरो तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनि रानाले तीनै वटा वडाका वडा कमिटी तथा पार्टी कार्यकर्तालाई बधाई दिएका छन् । ‘चुनावी सरगर्मी बढीरहेका बेला पार्टी कार्यालय उद्धघाटनले थप जाँगर थपेको छ’, रानाले भने, ‘पार्टीको उद्धेश्य र मर्म अनुसार नै पार्टी कार्यालयको काम र कर्तव्य बहन गर्नुपर्छ ।’ त्यस्तै उनले तीनै वडाको संयुक्त पार्टी कार्यालय उद्धघाटनले आफुहरुबीचमा एकताको सन्देश प्रवाह गरेको समेत बताएका छन् ।

कार्यालय उद्धघाटन कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य यज्ञराज बास्तोला, जीवन बम, रण बहादुर चन्द, प्रदेश मामिला तथा विधायन समिती सभापति नेपालु चौधरी, पार्टीकै जिल्ला उपाध्यक्ष दुर्गा जोशी, सचिबालय सदस्य तिलुराम चौधरी, जिल्ला सदस्य भुवन रिजाल, रामचन्द्र चौधरी, चुडामणिा भट्ट, सरिता बुढामगर, नेत्र मैनाली र नगर कमिटी अध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष जगदिश चौधरी, सचीव प्रेम महरा लगायतको उपस्थिति रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK