- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा एक्सपर्ट वृहत शैक्षिक सम्मेलन हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा आगामी शुक्रबार चैत ७ गते धनगढीमा एक्सपर्ट शैक्षिक सम्मेलन हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।
धनगढीको रुवस होटेलमा हुने शैक्षिक सम्मेलनमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए । उनले भने, सम्मेलनमा अभिभावकहरुको पनि उपस्थिति रहन सक्छ ।
शैक्षिक सम्मेलनमा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । उनीहरुले आफ्ना विश्वविद्यालयले पठनपाठन गराईरहेका विषयहरुका बारेमा विद्यार्थीहरुलाई अवगत गराउनेछ । पाँच बर्षअघि धनगढीमा स्थापना भएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढी शाखाले बर्षमा दुई पटक विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी दिदै आएको छ । अष्ट्रेलिया क्यानडा वेलायत अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्याथीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले धनगढीबाट सुविधा दिदै आएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको छ । अष्ट्रेलियामा रहेका विश्वविद्यालयका प्रतिनिधिहरुलाई नेपालमा उपस्थित गराई विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी गराउनका लागि नै सेमिनार गर्दै आएको धनगढी शाखाका प्रबन्ध निर्देशक चौधरीले बताए ।
‘हामीले मासिक रुपमा पनि सेमिनारहरु गरिरहेकै हुन्छौं तर, वर्षको एक पटक भने एउटा ग्राण्ड सेमिनारको आयोजना गर्दै आएका छौं । अहिले हामीले गरेको पनि ग्राण्ड सेमिनार नै हो ।’ प्रवन्ध निर्देशक चौधरी भन्छन्–‘विदेशमा गएर पढ्ने विषयमा एउटा शैक्षिक पाटो हुन्छ, जुन विद्यार्थीले बुझेको हुन्छ भने अर्को लगानीको पाटो हुन्छ, जुन अभिभावकले बुझ्नुपर्छ । त्यसैले पनि हामीले विद्यर्थीसँगसँगै उनीहरुका अभिभावकलाई पनि साथमै राखेर परामर्श प्रदान गर्दै आएका छौं ।’
सेमिनारको माध्यमबाट विद्यार्थी र अभिभावकहरुले अष्ट्रेलियामा रहेका विश्वविद्यालयहरुमा कस्ता–कस्ता प्रोग्रामहरु रहेछन्, आफूलाई उपयुक्त हुने कोर्ष, त्यसमा लाग्ने शुल्क, त्यहाँ रहेका अवसर र चुनौतीहरु, अष्ट्रेलियाको शैक्षिक अवस्था, वातावरण, नेपाली विद्यार्थीहरुले पाउने सेवा र सुविधा, काम गर्ने समय लगायत सम्पूर्ण विषयमा जानकारी प्रदान गरिजे चौधरीले बताए ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज यस्तो संस्था हो, जसले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श, विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । एक्सपर्ट छ जना रजिष्टर माइग्रेसन एजेन्ट, सोलुसिटर लयर, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरुद्धारा सञ्चालित कन्सलटेन्सी हो ।
एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पुर्याउने काम गर्दै आएको छ । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टले अष्ट्रेलिया र नेपालमा गरी १४ देशहरुमा शाखा कार्यालय विस्तार गरी विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायत अन्य सेवा र सुविधा पनि प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्