- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । राष्ट्रिय जनमोर्चा, नेकपा मसाल निकट युवक संघका केन्द्रिय सदस्य सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रशान्त थापाले एमाले प्रवेश गरेका छन् । शनिबार धनगढीमा आयोजित नेपाल बुद्धिजिवि परिषद् जिल्ला शाखा कैलालीको ७ औँ जिल्ला अधिवेशनको अवसरमा थापाले पार्टी प्रवेश गरेका हुन् ।
थापालाई पुर्वमन्त्री, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनि रानाले दोसल्ला ओढाएर स्वागत गरेका हुन् । स्वागत गर्दै रानाले विगतमा जस्तै नेकपा एमालेमा पनि सक्रियता र योगदान रहनेमा थापाबाट अपेक्षा व्यक्त गरेका छन् । ‘नेकपा एमालेले तय गरेको बाटो सबैलाई मनपर्छ’, उनले भने, ‘हामी परिवर्तनमा विश्वास गछौँ र हामीलाई विश्वास गर्ने सबैको विश्वास हामी अवस्य जित्छौँँ ।’
त्यस्तै नेकपा एमालेका नवप्रवेशी प्रशान्त थापाले जनमोर्चामा बसेर देश र सिद्धान्तको भविष्य सुनिश्चित नभएका कारण एमाले प्रवेश गरेको बताएका छन् । सबै कम्युनिष्ट पार्टीहरुको एउटै लक्ष्य भनेको समाजवाद हुँदै साम्यवाद हो तर समाजवाद ल्याउनका लागि जनता चाहिन्छ, उनले भने, मसालमा बसेर समाजवादको कल्पना गर्न असम्भव भयो । अवसरका लागि पार्टी प्रवेश गर्नुभयो भन्ने प्रश्नका विषयमा बोल्दै थापाले नेकपा एमालेसँग आफ्नो कुनैपनि स्वार्थ नभएको बताएका छन् । ‘पद नै चाहिने भए जनमोर्चाबाटै मैले केन्द्रिय सदस्य र प्रदेश ईन्चार्जको जिम्मेवारी पाएको थिएँ’, थापाले भने, ‘नेकपा एमालेले मलाई वडा कमिटीमै राखेपनि मलाई मन्जुर छ ।’
त्यस्तै थापाले नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलिको सिद्धान्त र दृढताबाट प्रेरित भएको बताएका छन् । ‘२०७२ सालमा भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्धमा कमरेड ओलिले देखाएको राष्ट्रवाद नै मेरो पहिलो पे्ररणा हो’, उनले थपे, ‘अव समाजवादको विकल्प भनेकै नेकपा एमाले हो र यहि कारणले मैले पार्टी प्रवेश गरेको हुँ ।’
थापा नेकपा एमाले प्रवेश गरेलगत्तै उनलाई पार्टीले सोहि तहमा व्यवस्थापन गर्ने नीतिगत निर्णय गरेको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनि रानाले बताएका छन् । थापाले पनि अन्य दलहरु गठबन्धनबाट चुनाव लड्ने होडबाजीमा लागिरहेका बेला नेकपा एमालेले गरेको एक्लै लड्ने सासहलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्