- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । निर्माणका लागि सम्झौता भएको लामो समय बितिसक्दापनि मोहनापुल अत्तरिया ६ लेन सडकको काम अझै सम्पन्न भएको छैन । ढिलासुस्ति र म्याद थपको अन्यौलतामा अलमलिएको मोहनापुल अत्तरिया सडकका कर्मचारी भने दिनभर कार्यालयमा सुत्ने गरेको भेटिएको छ ।
६ लेन सडकको प्रगतिविवरण र आवश्यक रिपोटिङ्गका लागि अर्थ सरोकारको टिम धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मोहना अत्तरिया सडकको कार्यालयमा पुग्यो । त्यहाँ पुग्दा कार्यालयका योजना प्रमुख युवराज पोखरेल कार्यालयमा थिएनन् । प्रमुखलाई नै नभेटेपछि उक्त विषयमा हामीले कार्यालयका अन्य कर्मचारीसँग बुझ्ने प्रयास गर्याैँ । उक्त क्रममा हाम्रो नजर कार्यालयमै मस्त सुतिरहेका एक कर्मचारीमाथी पुग्यो । बुझ्दा थाहा भयो उनि सो कार्यालयका नायब सुब्बा नरेन्द्रराज जोशी रहेछन् ।
जोशी नायब सुब्बाको प्लेट राखेको टेबलमा खुट्टा राखेर मस्त निदाएका थिए । उक्त दृश्यले मोहना अत्तरिया ६ लेन सडकको कार्यालय कर्मचारीका लागी दिन कटाउने थलोको रुपमा स्थापित भएको रहेछ भन्ने स्पष्ट पारेको छ । एकातर्फ समयमा काम नहुँदा म्याद थपिरहने मोहनापुल अत्तरिया सडक आयोजनाका कर्मचारी आफ्नो कर्तव्य र काम नै बिर्सेर कार्यालयमै निदाउन थालेकोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्