- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीका किसानलाई सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच प्रदेशको भुमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री बिनिता चौधरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको दाइजो कृषी सहकारी संस्था मार्फत १२ जना किसानहरुलाई पावर टिलर हस्तान्तरण गरेकी हुन् ।
मुख्यमन्त्री नमुना कृषी गाउँ खाद्यान्न बिउ उत्पादन समन्वय समिति धनगढी र कृषी ज्ञान केन्द्र कैलालीले प्रदान गरेको ५० प्रतिशत अनुदानमा कृषी सामग्री पावर टिलर सहकारीले वितरण गरेको हो । पावर टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषी क्षेत्रकै बिकासबाट मात्रै सम्बृद्धी ल्याउन सकिनेमा जोड दिएकी छिन् । प्रदेश सरकारले देखेको कृषिमा क्रान्ती गर्ने सपना साकार बनाउन आफुहरु तत्पर रहेको बताउँदै चौधरीले कृषी, मल, बिउ बिजनमा जोड दिएको बताएकी छिन् ।
‘हामीले उत्पादन संगै बजारलाई जोड्न खोजिरहेका छौँ’, मन्त्री चौधरीले भनिन्, ‘उत्पादन बढाउनका लागी यान्त्रीकरणमा हामीले सहयोग गरिरहेका छौँ ।’ मुख्यमन्त्री कृषी कार्यक्रम ८८ वटै स्थानिय तहमा लागु गरेको बताउँदै उनले जहाँ जस्तो उत्पादन हुन्छ त्यहाँ त्यही खेती गर्ने गरी कार्यक्रमहरु सञ्चालन गरेको बताईन । यस्तै कार्यक्रमले धेरै किसानहरु लाभांवित हुनुका साथै ब्यवसायिक किसान बन्दै गएको उनको भनाई रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट गत आर्थिक बषमा अनुदानस्वरुप पावर टिलर, एउटा ट्रक लगायतका सामगी्र सहयोग पाएको दाइजो कृषी सहकारी संस्थाका सचिव दिपकराज जोशीले बताए । ‘यी कृषी सामग्री हामीले यहाँका किसानहरुलाई हस्तान्तरण गरेका थियौँ’, उनले भने, ‘प्रदेश सरकारको यो महत्वपुर्ण सहयोगले काम गर्ने किसानलाई ब्यवसायीक तर्फ जोडेको छ, आर्थिक अभावका कारण उपकरण प्रयोग गर्न नपाउका किसानहरुलाई अहिले धेरै सहज बनाएको छ ।’ यो आर्थिक बर्षका लागी पनि आफुहरुले पावर टिलर पाएका पाएको बताउँदै जोशीले यी सामग्री किसानहरुलाई हस्तान्तरण पनि भइसकेका बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्