- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले यसालीको स्थानिय निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा धेरै सिटमा जित हासिल गर्ने दाबी गरेका छन् । शुक्रबार अर्थ सरोकार डटकमको अर्थ राजनीतिक कार्यक्रम ‘कुरा खस्रा मिठा’ मा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।
‘गत निर्वाचनमा ४५ प्रतिशत सिटमा जित हासिल गरेका थियौँ’, उनले भने, ‘अब आउने निर्वाचनमा ६० प्रतिशत भन्दा बढी स्थानिय तहमा जित्छौँ ।’ त्यस्तै उनले आउँदो निर्वाचनमा नेकपा एमाले गठबन्धनको पक्षमा नभएको समेत बताएका छन् । ‘पार्टीको केन्द्रिय कमिटीले स्थानिय तहको निर्वाचनमा कसैसँगपनि गठबन्धन गर्ने निर्णय गर्दैन’, भट्टराईले भने, ‘नेकपा एमाले आफ्नो सार्मथ्य र बलमा यो चुनाव लड्छ ।’
त्यस्तै नेता भट्टराईले देशको समृद्धी र राष्ट्रियताका सवालमा नेकपा एमालेजस्तो अटल अरु पार्टी नभएको समेत दाबी गरेका छन् । ‘चाहे नाकाबन्दीको विषय होस् वा चुच्चे नक्शा हाम्रो अडान एउटै थियो र रहन्छ पनि’, उनले थपे, ‘अब देश कम्युनिष्टमय हुँदै छ र एमालेको जित निश्चित छ ।’ त्यस्तै भट्टराईले गठवन्धन सरकारले ८ महिना फजुलमा व्यतित गरेको आरोप लगाएका छन् । ‘यो अवधिमा महंगी बढ्नुका साथै आर्थिक अवस्था इतिहासकै खराव भएको छ’, भट्टराईले भने, ‘विदेशी मुद्राको सञ्चय घट्नुका साथै परराष्ट्र सम्वन्ध असन्तुलित बनाएकोले पनि एमालेले जित्ने पक्का छ ।’
आवश्यकता आधारमा देशका केहि स्थानिय तहमा गठबन्धन हुनसक्ने भएतापनि देशव्यापी रुपमा एक्लै चुनाबमा होमिने भट्टराईको भनाई रहेको छ । त्यस्तै अहिले देशमा नेकपा एमालेको प्रमुख प्रतिद्धन्दिको रुपमा नेपाली कांगे्रस मात्रै भएको समेत उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्