Skip to content
LAXMI SUNRISE BANK

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मिको सानदार जित

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार प्रतियोगिताको फाईनल खेलमा रहेका त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीचको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले जित हासील गरेको हो ।

प्रतियोगिताका ४ सेटमध्ये ३ सेटमा नेपाल पुलिसलाई पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो । प्रतियोगिताको बिजेता त्रिभुवन आर्मी क्लबले नगद चार लाख प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितको उपबिजेता बनेको नेपाल पुलिस क्लबले २ लाख नगदप्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्न सफल गण्डकी प्रदेशले नगद रु १ लाख प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितमा चौथो स्थान प्राप्त गर्ने एपीएफले भने ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK