- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवश कैलालीमा पनि मनाईएको छ । स्थापना दिवशको अवसरमा महासंघको सुदूरपश्चिम प्रदेश समिती र कैलाली शाखाको संयुक्त आयोजनामा खाद्यान्न वितरण तथा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना गर्दै दिवश मनाईएको हो ।
दिवशको अवसर पारेर असहाय, मानसिक रोगी तथा अभिभावक बिहिन भएका व्यक्तिहरुको साहरा बनेको मानवसेवा आश्रमलाई महासंघले खाद्यान्न सहयोग गरेको हो । खाद्यान्न हस्तान्तरण गर्दै महासंघका प्रदेश अध्यक्ष योगेश रावलले नागरिकको जिम्मेवारी बहन गर्दै आश्रममा सहयोग गरेको बताए । ‘महासंघले आफ्नो ६७ औँ स्थापना दिवशको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको हो’, उनले भने, ‘नेपाल पत्रकार महासंघ सदैव सत्यको पक्षमा रहनेछ ।’ त्यस्तै दिवशको अवरमा खाद्यान्न सहयोग गर्दै आफुहरुले पत्रकारिताको धर्म निर्वाह गरेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन् ।
त्यस्तै स्थापना दिवशकै अवसरमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती, कैलाली शाखा र खेलकुद पत्रकार मञ्चको सहकार्यमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि सम्पन्न गरिएको छ । पत्रकारीता पेशामा आवद्ध जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थितिमा प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिलाई सम्बोधन गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले स्थापना दिवशको अवसरमा सबैमा शुभकामना समेत व्यक्त गरिन् । मुलुकको सर्वाङ्गिण विकासमा पत्रकार तथा सञ्चारक्षेत्रको भूमिका अविष्मरणिय रहेको जोशीको भनाई रहेको छ । ‘पछिल्लो समय राजनीतिमा जस्तै पत्रकारिता क्षेत्रमा पनि विसंगतिले जरा गाडेको छ’, उनले भनिन्, ‘यसको शुद्धिकरण र सुशासनका सवालमा पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले पनि ध्यान केन्द्रित गर्नुपर्छ ।’
प्रतियोगितमा दुई टिम सहभागि भएका थिए । समुह ‘क’ र समुह ‘ख’ बीच सम्पन्न भएको खेलमा समुह ‘क’ ले ७ गोल गर्दै प्रथम स्थान सुनिश्चित गरेको थियो । त्यस्तै समुह ‘ख’ ४ गोल गर्दै प्रतियोगिताको उपबिजेता बनेको थियो । प्रतियोगितका विजेता र उपविजेतालाई नेपाल पत्रकार महासंघले ट्रफि समित सम्मान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्