धनगढी । नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुनेभएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको धनगढी जेसिजले नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ यही चैत २६ गते उक्त हाफ म्याराथन प्रतियोगिताको आठौँ संस्करण गर्न लागेको धनगढी जेसिसका अध्यक्ष भुवन पाण्डेले जानकारी दिएका छन् ।
अध्यक्ष पाण्डेले सुदूरपश्चिम प्रदेशलाई खेलकुदका माध्यमबाट चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए । धनगढी रङ्गशालाबाट सुरु हुने दौड प्रतियोगिताको खुलातर्फ २१ दशमलव एक किलोमिटर, कर्पोरेट र सञ्चारतर्फ पाँच किलोमिटर, महिला पाँच किलोमिटर र विद्यार्थीका लागि पाँच किलोमिटरको दूरी रहेको छ । प्रतियोगिताको खुलातर्फ प्रथम हुनेले रु ५५ हजार ५५५, द्वितीयले रु ३३ हजार ३३३ र तृतीयले रु २२ हजार २२२ पाउनेछन् ।
त्यसैगरी कर्पोरेट र सञ्चार, महिला तथा विद्यार्थीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५५५, तीन हजार ३३३ र दुई हजार २२२ प्राप्त गर्ने आयोजकले जनाएको छ । ट्राई साइकल रेसमा भने सहभागी सबैलाई सम्मानसहित पुरस्कार दिइने प्रतियोगिताका संयोजक महेश्वर ओझाले बताउनुभयो । प्रतियोगिताका लागि देशको जुनसुकै स्थानबाट प्रतियोगी सहभागी हुने सक्ने उनको भनाइ रहेको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि रजिष्ट्रेशन शुल्क ३०० (टिसर्टसहित) निर्धारण गरिएको छ । सहभागी धावकमध्ये गोला प्रथाबाट एकजना भाग्यशाली धावकलाई आकर्षक उपहार प्रदान गरिनेछ । नयाँ वर्षका अवसरमा हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष भने केही दिनअघि हुने भएको हो । रासस ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्