- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कञ्चनपुर । कञ्चनपुरमा कोरोना विरुद्धको घरदैलो खोप अभियान सूरु भएको छ । नेपाल सरकारले तय गरेको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप उपलब्ध गराउन घरदैलोमै कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।
हाल भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ एलडब्लुआर, बागेश्वरी असल शासन क्लब बास र युनिसेफको सहयोगमा भीमदत्त ९ मा कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ । घरायसी कार्य व्यस्तता, जनचेतनाको अभाव र अशक्तताले गर्दा खोप केन्द्र तथा स्वास्थ्य संस्थासम्म जान नसकेका र बाँकी आवश्यक मात्राको खोप लगाउने समय पुगेका नागरिकहरूलाई घुम्ती शिविरमार्फत खोप लगाउने कार्य भइरहेको भीमदत्त ९ का वडाध्यक्ष राम नाथले बताए ।
उक्त वडामा ब्रह्मदेव सहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द धामीको नेतृत्वमा स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सङ्घसंस्थाहरूका कर्मचारीको टोली परिचालन गरी खोपसँगै जनचेतना समेत प्रदान गरिएको छ । दैनिक औसत ५० जना गरी ३०० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिएको रिकोभर परियोजनाका कार्यक्रम संयोजक विनोदसिंह कडाराले बताए । रिकोभर परियोजनाले कञ्चनपुरको भीमदत्त, कृष्णपुर र पुनर्वास नगरपालिकामा विभिन्न कार्यक्रम लागु गरेको छ ।
यसपछि भीमदत्त नगरपालिका भित्रका अन्य विकट बस्तीमा समेत खोप अभियान सञ्चालन गरिने र परियोजना लागु भएका अन्य पालिकामा पनि उक्त अभियान विस्तार गर्ने योजना रहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्