- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीका ट्रयाक्टर बिक्रेता नारद प्रसाद जोशी (सागर) किसानको करोडौँ रकम अपचलन गरेर सम्पर्कबिहिन भएका छन् ।जिल्लाको लम्कीचुहा नगरपालिका २ प्रतापुरका जोशीले कैलालीमा जल्पादेवी अटोमोटिभ्स प्रा.ली को नामबाट २०७३ साल चैत्र २० गते कम्पनि दर्ता गरे ।
कम्पनि दर्ता गरेसँगै जोशीले आधिकारीक रुपमा विभिन्न कम्पनिका ट्रयाक्टरको कारोबार पनि सूरु गरे । कैलालीका किसानको सहजताका लागी भन्दै सञ्चालन गरेको उक्त कम्पनिबाट थुप्रै किसानलाई ट्रयाक्टर बेचेका जोशी तिनै किसानको टाउकोमा ऋणको बोझ थुपारेर फरार भएका छन् ।
ठगि नम्बर १ः
कैलालीको टिकापुर नगरपालिका १, ब्लक न. २७ मा लामो समयदेखी व्यवसाय गर्दै आएका पर्शु ईट्टा टायल उद्योगका सञ्चालक जगत चौधरीसँग एसी कम्पनिको पुरानो ट्रयाक्टर थियो । उनै चौधरीको घरमा भाडागरी नारद प्रसाद जोशीले आफ्नो सप्लायर्सको काम सञ्चालन गरिहेका थिए । आफ्नो ट्रयाक्टर पुरानो भएकोले एक्सचेन्ज अफरमा नयाँ लिनुस् भनि जोशीले प्रस्ताव गरेपछि आफुले उनको प्रस्तावलाई स्विकार गरेको चौधरीले बताए । ‘एक्सचेन्ज गर्दा जोशीले पुरानो ट्रयाक्टरसहित १ नम्बरको ५५ हजार ईट्टाको माग गर्यो’, उनले भने, ‘मैले सोहि अनुसार उसलाई पुरानो ट्रयाक्टर र उसैले भनेको आधारमा ४७ हजार ईट्टा डेलिभरी गरिदिएँ ।’
बाँकी रहेको ७ हजार बराबरको ईट्टाको रकम घरको भाडामा मिलाएको चौधरीले बताएका छन् । उल्टै घरभाडाको झण्डै ६० हजार बाँकी रहेको बताउँदै चौधरीले खरिद गरेको ट्रयाक्टर आफ्नो नाममा समेत नामसारी नगरेको बताए । ‘व्यक्तिगत कारोबार र नामासारीका लागी पटक पटक ताकेता गर्दापनि हरेक पटक बाहाना बनाएर पन्छिने मात्रै गर्छ’, उनले थपे, ‘पैसा नै नभएको खाताको ३५ हजारको चेक दिएको छ, त्यो कसरी साट्ने ?’ पटक पटक सम्पर्क गर्न खोज्दा अहिले नारद प्रसाद जोशी (सागर) सम्पर्कबिहिन भएको बताउँदै चौधरीले आवश्यकताका आधारमा कानुनी प्रक्रियामा जाने समेत चेतावनी दिएका छन् ।
ठगी नम्बर २ः
त्यस्तै ट्रयाक्टर बिक्रेता जोशीको ठगीमा परेका अर्का पात्र हुन् दिर्घ बहादुर बम । कैलालीको गोदावरी नगरपालिका ६ लालपुर बस्ने दिर्घ बहादुर बमलाई उनकै आफन्तले पैसाको खाँचो पर्यो भन्दै केहि महिनाका लागी सापटी रकम माग गरे । दैनिक कारोबार गरिरहेका बमले अफ्ट्यारो पर्यो होला भन्दै ३ वर्ष पहिले ८ लाख रकम सापटी दिए । रकम दिएको केहि समयपछि उनले थाहा पाए की आफन्तका लागी भनि सापटी दिएको रकम उनै जल्पादेवी अटोमोटिभ्स प्रा.ली का सञ्चालक नारद प्रसाद जोशी (सागर) को लागी रहेछ ।
सबैकुरा थाहा पाएपछि आफन्तकहाँ पुग्दा रकम फिर्ताको ग्यारेन्टी आफुले लिने भन्दै दुवै पक्षले सान्तवना दिएको उनले बताएका छन् । ‘१ महिनाका लागी भनेर सापटी लगेको झण्डै ३ वर्ष बित्दापनि मैले पैसा पाएको छैन’, उनले भने, ‘दुई पटक गरी मलाई ३ र ६ लाखको चेक समेत दिएको छ तर खातामा पैसा नै छैन ।’ दुई पटकसम्म चेक बाउन्स भएपछि अहिले जिल्ला अदालत कैलालीमा जोशीको नाममा मुद्धा हालेको उनले बताए । ‘मुद्धा हालेको छु तर सुनुवाई कहिले र कस्तो हुन्छ थाहा छैन’, बमले थपे, ‘१ महिना अगाडी त अलिअलि कुरा हुन्थ्यो तर अहिले तर सम्पर्कबिहिन छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्