- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत दुई देशिय छलफल सम्पन्न भएको छ । निर्वाचन केन्द्रित शान्ति सुरक्षा तथा सिमा व्यवस्थापनका विषयमा शनिबार कैलालीमा दुई देशका सुरक्षा अधिकारीबीचको बैठक सम्पन्न भएको हो ।
गृह मन्त्रालयको आदेश अनुसार भारतिय सुरक्षा निकायसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था, सिमा विवाद तथा सिमामा देखिएका दुवै देशका समस्याको विषयमा छलफल गरिएको छ । ‘बैठकले चुनावको दिनभन्दा ४८ घण्टा अगाडी सिमानाका सिल गर्नेगरी निर्णय गरेको छ’, थापाले भने, ‘अत्यावश्यक आवतजावतमा सहज गरिनेछ तर सो बाहेकका आवतजावतमा रोक लगाईनेछ ।’
‘अत्यावश्यक सेवामा विवाह, अन्तिम दाहसंस्कार, बिरामी रेफर केस र पेट्रोलियम पदार्थको ओसारपसार पर्छन’, उनले भने, ‘यी बाहेकका सबै किसिमका आवतजावतमा रोक लगाईनेछ ।’ त्यस्तै निर्वाचन लक्षित बैठकले चुनावी तयारी बढाएको बताउँदै थापाले दुवैदेशबीच सुमधुर सम्बन्ध स्थापित गर्नेगरी थप विभिन्न विषयमा छलफल गरेको बताएका छन् ।
त्यस्तै नेपालमा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई निश्पक्ष र धांधलिमुक्त गर्नेगरी आफुहरुबीच छलफल भएको लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी संजय कुमार सिंहले बताएका छन् । ‘नेपालमा हुने स्थानिय तहको चुनावका लागी हामी तयार छौँ’, उनले भने, ‘स्वतन्त्र र शान्तीपुर्ण तरिकाले चुनाव सम्पन्न गर्न भारितय सुरक्षा व्यवस्थाको पुर्ण सहयोग रहने छ ।’
शनिबार कैलालीको गोदवारीमा सम्पन्न बैठकमा नेपालको कैलाली, कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा निकायको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्