×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरकी उदयीमान गायिका धानुकले गाईन ‘एमाले ल्याउनु छ’ गित…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुदूरकी उदयीमान गायिका धानुकले गाईन ‘एमाले ल्याउनु छ’ गित…

Artha Sarokar

१७ बैशाख २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ । बैतडी स्थायी घर भएकी १९ वर्षीया धानुकको आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी गीत सार्वजनिक भएको हो ।

बिहीबार उनले आफ्नो ‘एमाले ल्याउनु छ’ बोलको चुनावी गीत सार्वजनिक भएको बताइन् । सानैदेखि गायनमा रुची राख्ने धानुकले यो आफ्नो पहिलो प्रयास भएको बताएकी छन्। गीतमा नेकपा एमालेको राजनीतिक इतिहास र लोकप्रियता समेटिएको छ। हरिश धानुकको संगित तथा लय रहेको उक्त गीतमा दीपिका र गायक शेर विष्टको आवाज रहेको छ ।

यस्तै आगामी दिनहरुमा नयाँ फरक र सुदूरपश्चिमको संस्कृती झल्काउने गीतहरु समेत ल्याउने उनको भनाइ छ । धानुक कानूनको विद्यार्थी पनि हुन्। उनी कैलाली बहुमुखी क्याम्पसमा बिएएलएलबी प्रथम सत्रमा अध्यनरत छन् । भिडियो हेर्न तलाको लिंकमा क्लिक गर्नुहोस्ः 

https://www.youtube.com/watch?v=RqK9iynYW7E

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी