Skip to content
LAXMI SUNRISE BANK

‘टाउको रेटिएको ६ मत एमालेलाई चाहिँदैन’ –दिपक देवकोटा

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । मंगलबार धनगढीमा आयोजित नेकपा एमालेको बृहत र्यालीलाई सम्बोधन पार्टीका प्रभावशालि नेता तथा पुर्व केन्द्रिय सदस्य दिपक देवकोटाले केवल एउटा व्यक्तिको सम्पत्तिले नगरको विकास गर्न नसकिने बताएका छन् ।

‘विवेकशिल साझा पार्टीको कोट फुकालेर जनतामाझ भ्रम छर्दै हिड्नेलाई जनताले किन भोट दिने ?’ धनगढीवासीलाई प्रश्न गर्दै उनले भने, ‘टाउको रेटिएको ६ मत एमालेलाई चाहिँदैन ।’ धनगढीमा चलेको १ र ६ मतको विभेदकारी षडयन्त्रलाई इंकित गर्दै देवकोटाले टाउको बिनाको शरिरको अस्तित्व नभएको बताउँदै त्यस्तो विभेदकारी मत नेकपा एमालेलाई आवश्यक नभएको बताएका छन् ।

त्यस्तै देवकोटाले जनताको समस्यालाई बुझेर एमालेले अघि सारेको भुमी समस्या समाधान आयोग गठबन्धनको सरकारले खारेज गरेर दम्भ देखाउन खोजेको आरोप लगाएका छन् । ‘कैलाली जिल्लाबाट तत्कालिन आयोगमा १ लाख २७ हजार ९ सय ९३ आवेदन परेको छ’, उनले भने, ‘नेकपा एमालेले सदर गरेको आवेदनको सम्बोधन पनि नेकपा एमालेले नै गर्छ ।’ त्यस्तै एमालेले ठिक्क पारेर राखेको दुईचार पुर्जा बाँडेर देखाउन खोजेको लोभमा नलाग्न समेत उनले आग्रह गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK