- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागी मतदान गर्ने दिनका लागी अब तीन दिन मात्रै बाँकी छ । मंगलबार राती १२ बजेदेखी पार्टीका सम्पुर्ण प्रचारप्रसारका गतिविधिमा प्रतिबन्ध लागी मौन अवधि सूरु हुन्छ । त्यसैबीच प्रचारप्रसारको अन्तिम दिन धनगढीमा नेकपा एमालेको बृहत र्यालीको आयोजना समेत गरिएको छ ।
बृहत र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले अव देशको समृद्धिको एउटै विकल्प नेकपा एमाले भएको बताएका छन् । ‘एमालेले सपना मात्र देखाउँदैन ती सपना पुरा पनि गर्छ’, रानाले भने, ‘विगत ५ वर्षमा धनगढीको विकासमा हुन नसकेको काम एमालेको सरकार आए अवको ५ वर्षमा पुरा गछौँ ।’
अहिले नेकपा एमालेले देशको यथाचित विकासको रोखा कोरेको रानाले बताए । ‘सुन्दैछु पार्टीभित्रै मत विभाजन गरी धोका दिने रणनीति तयार पारिदै छ’, उनले थपे, ‘पार्टीलाई धोका दिएर देशको समृद्धिमाथी धोका दिनेलाई पार्टीले छोड्दैन ।’ त्यस्तै रानाले आउँदै बैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेका सुर्य ध्वजाबाहक उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्