धनगढी । बैतडीको पुर्चौंडी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दीपक बहादुर बमको अग्रता कायमै रहेको छ । उनको हालसम्म गणना भएको मत परिणाम अनुसार ३ हजार ८ सय ८६ मतका साथ अग्रस्थानमा रहन सफल भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर कुँवरले २ हजार ३ सय ७४ मतका साथ टक्कर दिइरहेका छन् । माओवादी केन्द्रका विक्रम कुँवर (प्रतीक) ले २ हजार ३ सय ४ मत ल्याई पच्छयाइरहेका छन् ।
उपमेयरमा पनि नेपाली काँग्रेसकी उम्मेदवार मीना धानुकले ३ हजार ४ सय १८ मतका साथ अग्रस्थान लिईरहेकी छिन् भने उनीलाई एमालेकी जानकी साउँदले २ हजार ७ सय ७३ मतका साथ पछ्याईरहेकी छिन् । यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार नन्दा शाहले २ हजार ३ सय ४८ मत ल्याएकी छिन् । पुर्चौंडीका ७ ओटा वडाको मत गणना सम्पन्न भएको छ भने तीन वडाको गणना गर्न बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्