कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरेका हुन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवती कुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेका छन् भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरेकी छिन् ।
३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेका थिए । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्